सिम्पानी साँझबाट ७ लाख संकलन

पाेखरा | कात्तिक २३, २०८१

सिम्पानी साँझबाट ७ लाख संकलन

पोखरामा क्रियाशिल त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको तेस्रो संस्करणको सिम्पानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।

पोखरा महानगरपालिका १ सिम्पानी चोकमा तिहारको अवसरमा (भाइटिकाको अघिल्लो दिन) आयोजित विविध सांस्कृतिक साँझबाट ७ लाख संकलन भएको क्लबका सहसचिव तथा कार्यक्रम संयोजक प्रविण सुवेदीले जानकारी दिए । 

सो कार्यक्रममा तरेली साँस्कृतिक परिवार र स्थानीय कलाकारहरुले विभिन्न समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत गरेका थिए । भने, क्रिस्टल क्लजले विविध आइटन डान्सहरु प्रस्तुत गरेको थिए ।

 

यस्तै ‘मिलन एण्ड द ओभरेप्टर्स’ ब्याण्डले लाइभ कन्सन्ट गरेको उनले बताए । 

 

‘यो वर्षको कार्यक्रमबाट करिब ७ लाख संकलन भएको छ । यसको पूर्ण रुपमा सदुपयोग हुन्छ, उनले भने, ‘तेस्रो संस्करणसम्म आउँदा राम्रै तरिकाले अवतरण गरेका छौं । यो वर्ष नौलो विहानीको समूहलाईसमेत स्टेज दिएका थियौं । रामै्र प्रस्तुती दिनुभयो । आगामी वर्ष थप पृथक तरिकाको कार्यक्रम गर्ने योजना बनाएका छौं ।’
 

 

नौलो विहानी संस्थाले तेस्रो लिङ्गीहरुको हित र अधिकारका लागि काम गर्ने भएकाले यो वर्ष स्टेज दिएको बताए ।

 

‘नौलो विहानी तेस्रो लिङ्गीहरुका लागि काम गर्ने संस्था हो । उनीहरुको हक अधिकारको लागि काम गर्ने संस्था भएकाले सकरात्मक सन्देश जान्छ भन्ने हेतुले यो वर्ष उहाँहरुलाई पनि बोलाएका हौं ।’

 

कार्यक्रम संयोजक सुवेदीले उक्त कार्यक्रमबाट बचत भएको मध्ये केही रकम सामाजिक कार्यमा खर्चिने र अन्य बाँकी रकम कोषमा रहने बताए । 

 

‘हामीले साँझबाट बचत भएको रकममध्ये केही सामाजिक कार्यमा खर्चिनेछौं । र क्लबको भवन जीर्ण अवस्थामा भएकाले यसको मर्मत संभार गर्नुपर्ने पनि छ । भने, बाँकी रकम हामीले कोषमै राख्नेछौं ।’

 

 

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्लबका उपाध्यक्ष रितु भण्डारी काफ्लेले सभापतित्व ग्रहण गरेकी थिइन् भने, क्लबका निवर्तमान अध्यक्ष तथा सल्लाहकार बासु जिसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

 

हरेक वर्ष सिम्पानी चोकमा हुने कार्यक्रमको मुख्य प्रायोजन टुबोर्ग बियरले गर्दै आएको छ भने, शान्ति सुरक्षामा वडा प्रहरी कार्यालय बगरले सहयोग गर्दै आएको छ ।

 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्